बुटवल कोरोना अस्पतालको आइसियु कक्ष जलमग्न

बुटवल । लगातार रुपमा आएको बर्षाले बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसियु कक्ष पानी चुहिएर जलमग्न भएको छ।

बिहीबार दिउँसोवाट आइसियु कक्षमा पानी पसेर समस्या उत्पन्न भएको अस्पतालका सुचना अधिकारी डा.विष्णु गौतमले बतए। तीन दिन देखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको उनको भनाई छ ।

सुरुमा एउटा बेडमा पानी चुहिन थालेपछि अन्यत्र सारिएको र जम्मा भएको पानी उठाएर फ्याँक्ने गरिएको छ ।  लगातारको वर्षा नरोकिए फल्स सिलिङ झरेर चोटपटक लाग्न सक्ने र विद्युत आपूर्ति प्रणालीमा समस्या आउन सक्ने जोखिम रहेको अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दु पाठकले बताए ।

समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।  उक्त अस्पतालमा हाल १३ जना संक्रमित रहेका छन् ।

 
 
  
 

You may also like