स्वास्थ्यकर्मी कुट्नेलाई कारवाही हुन्छ-गृह मन्त्रालय

काठमाडौं। नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही हुने गृह मन्त्रालयले बताएको छ।

मन्त्रालयका प्रवक्ता जनकराज सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिटगर्नेहरू माथि कारबाही गर्ने उल्लेख गरेका हुन्।

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई मन्त्रालयले गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भन्दै घटनामा संलग्न जो कोहिलाई पनि कानून बमोजिम कारवाही गर्ने भनेको छ।

बिरामीको मृत्युको विषयलाई लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण र तोडफोड गर्ने कार्य आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य हुन्,ु मन्त्रालयले भनेको छ, ुयस्तो कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारवाही गर्ने कुरामा गृह मन्त्रालय दृढ छ।

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रावतका दाजु तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो।

 

 
 
  
 

You may also like