75
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले जोखिम लिएर विरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउँदै घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका हुन् ।
‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।’ उनले भनेका छन्, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’