69
काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीको कदम निर्लज्ज रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संविधानविद् र कानुनविद्हरूसँग गरेको छलफलमा थापाले संविधान कसैले पनि मार्न नसक्ने बताएका छन् ।
छलफलमा थापाले भनेका थिए, ‘घरमा, किचेनमा राष्ट्रपति र प्रधानमन्त्री बसेर हिसाब गरेर उहाँहरूले अंक गणित मिलाएर खेल खेल्नु भएको छ, यो निर्लज्ज छ । अत्यन्तै लज्जास्पद छ ।’ सभामुखले कानुन र संविधानअनुसारको कदम चाल्न तयार छु भनेर तयार भएर बस्नुपर्ने पनि थापाको भनाइ थियो ।