‘मान्छेको लाशमाथि लाश छ, तिमीलाई भोटकै आश छ’

काठमाडौं। कोरोना महामारीका बेला नागरिकको जिउधनको सुरक्षा गर्नुको सट्टा सरकार सत्ताको दाउपेचमा केन्द्रित रहेको भन्दै बृहत नागरिक आन्दोलनले आज (बुधबार) कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ ।

आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।

‘मान्छेको लाशमाथि लाश छ, तिमीलाई भोटकै आश छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । महामारीमा मतपत्रको षडयन्त्र छाडेर संक्रमितलाई अक्सिजन र जनतालाई खोपको व्यवस्था गर्न तथा गरीब जनतालाई गाँस र बासको व्यवस्था गर्न पनि आन्दोलनले माग गरेको छ ।

 
 
  
 

You may also like