कोरोनाबाट १५ दिनअघि बुबाको मृत्यु, छोरा–बुहारी पनि रहेनन्

by समतल अनलाइन
Shares

काठमाडौं। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम पुख्र्यौली घर भई हाल काठमाडौंको कपन बस्दै आएका एकै घरका तीन सदस्यको मृत्यु भएको छ ।

कपन बस्दै आएका ३५ वर्षीय दीपक थेबेको शुक्रवार बिहान कोरोनाका कारण मृत्य भयो । उनकी ३३ वर्षीया श्रीमती रोश्तीको बिहीबार मृत्य भएको थियो । सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमका अनुसार अन्दाजी ६० वर्षीय बुबा राजकुमार थेबेको १५ दिन अघि मृत्यु भएको थियो ।

गौतमका अनुसार छोरा दीपक बिरामी भई अचेत अवस्थामा अस्पतालमा भर्ना भएकै बेला बाबु राजकुमारको मृत्यु भएको थियो । १५ दिन अघि बाबु, एक दिन अघि श्रीमती र भोलिपल्ट श्रीमानको मृत्युको यो घटनाले सबैलाइ स्तब्ध बनाएको छ ।
रंगनाथको मृत्यु पनि कोरानाबाटै

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका उपाध्यक्ष रंगनाथ भट्टराईको समेत कोरोनै कारण ज्यान गएको छ । भट्टराईको उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रवार बिहान निधन भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिए ।

You may also like

This will close in 0 seconds