149
काठमाडौं। कोरोना कहरका बीच चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलभ ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो ।
जब कि गत वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४ दशमलव २ प्रतिशतले घट्न पुगेको थियो । राष्ट्र बैंकका अनुसार ९ महिनामा अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब ज्ञढ करोड पुगेको छ ।
previous post