84
बुटवल । बुटवल धागो कारखानामा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल -११ का २९ बर्षीय पुरुष , बुटवल -१२ कि ५० बर्षीय महिला , बुटवल -५ का ५२ बर्षीय पुरुष , बुटवल- १३ का ५२ बर्षीय पुरुष र बर्दघाट -१४ नवलपरासीका ४४ बर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
उनीहरु आइसियुमा उपचारत थिए । ५ जनाको दिउसो ४ : ३० देखि ५ : १० को बिचमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।