अब १४ जिल्लामा मात्र निषेज्ञाधा लागु गर्न बाँकी

Shares

काठमाडौं। कोरोना भाइरस संक्रमण तीब्र बनेसँगै नेपालमा निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ६३ पुगेको छ । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न अहिले धमाधम जिल्लाहरुमा निषेधाज्ञा जारी भइरहेका छन् । अब १४ जिल्लामा मात्र निषेधाज्ञा लागु हुन बाँकी छ ।

मन्त्रिपरिषद बैठकको निर्णयानुसार अहिले कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले जिल्लाभरी वा निश्चित क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्छन् । मन्त्रिपरिषदको केही दिन अगाडि बसेको बैठकले तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे सीडीओले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णयानुसार शनिबार साँझसम्म देशभरका ६३ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ । निषेधाज्ञा घोषणा गरिएका केही जिल्लामा जिल्लाभर लागू हुने भनिएको छ भने केही जिल्लामा संक्रमणको जोखिम बढी भएको निश्चित क्षेत्रमा लागू हुने भनिएको छ ।

निषेधाज्ञा घोषणा गरिएका ६३ जिल्लामध्ये ५३ जिल्लामा पूर्ण (जिल्लाभर) र १० जिल्लामा आंशिक (संक्रमित बढी भएको क्षेत्रमा) मात्रै लागू गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । शनिबारसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रे, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु र रामेछाप जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ ।

यस्तै, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नलवपरासी (पूर्व), रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी (पश्चिम), इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाही जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा घोषणा गरिएकामध्ये १० जिल्ला काभ्रे, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटामा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।
यी हुन् निषेधाज्ञा जारी भएका जिल्लाहरु

 

You may also like

skip


This will close in 5 seconds