लुम्बिनी प्रादेशिक अस्पताल थप ४ कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुष संक्रमितको ज्यान गएको हो ।

मृत्युहुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष,बुटवल–९ की ५४ वर्षीया महिला, कन्चन गाउँपालिका–४की २७ वर्षीय महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन् ।

 
 
  
 

You may also like