काठमाडौँ । नेपालमा थप ७५८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७५८७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले ७३ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ । अहिलेसम्म कुल ३ लाख ५१ हजार ५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ८७ हजार ७९० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८२ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार १३१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २५ लाख ३७ हजार २९५ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा २५३ जना रहेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ४ हजार २७८ जना रहेका छन् भने होम आइसोलेसनमा ५५ हजार ५२० रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ६१६ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने १७९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४१७ रहेको छ ।
यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.९७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।