कोरोना संक्रमणबाट पूर्वमन्त्री चित्रकारको मृत्यु

बुटवल ।रूपन्देहीमा उपचाररत पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको मृत्यु भएको हो ।

भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा वैशाख १७ गतेदेखि उपचाररत चित्रकारको मृत्यु भएको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताए ।

चित्रकार राजाको प्रत्यक्ष शासन कालमा भूमीसुधार राज्यमन्त्री भएका थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् ।

 
 
  
 

You may also like