लुम्बिनीका दुई सांसदले छाडे अडान, शंकर पोखरेललाई नै समर्थन

बुटवल। लुम्बिनी प्रदेशका दुई स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै रहने प्रतिबद्धता जनाएका छन् । हृदयश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका उनीहरु सूर्य चिन्हबाट निर्वाचन लडे पनि आइतबार मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए ।

तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन् ।
उनीहरुले कुलप्रसाद केसीलगायतले सरकार गठनका सन्दर्भमा गरेको दावीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको पनि बताएका छन् ।

 
 
  
 

You may also like