काठमाडौंमा देवरले गरे भाउजुको हत्या, आफैं गए प्रहरी कार्यालय

काठमाडौं। काठमाडौंमा देवरले भाउजुको हत्या गरेका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल गर्ने मोहन राजभण्डारीले भाउजु रोशनी राजभण्डारीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

४८ वर्षीय मोहनले फलामको गलले हिर्काएर भाउजुको हत्या गरेको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ । हत्यापछि उनी शनिबार साँझ साढे ७ बजेतिर आफैं महानगरीय प्रहरी परिसरको कार्यालय (टेकु) पुगेका थिए ।

देवरको गल प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका लागि ट्रमा सेन्टर लगिएकी ४८ वर्षकै रोशनीलाई चिकित्सकले शनिबार राति ८ बजे मृत घोषणा गरेका थिए । हत्या गर्ने मोहनलाई महानगरीय प्रहरी वृत (नयाँ बानेश्वर) को नियन्त्रणमा राखिएको छ ।

 
 
  
 

You may also like