कर्णाली घटनाबारे बाबुराम भट्टराईको प्रतिक्रिया : ‘भष्मासुर’ को नृत्य छिट्टै समापन हुँदैछ

by समतल अनलाइन
Shares

काठमाडौं । कर्णाली प्रदेश सभामा पार्टीको ह्विप विपरीत एमालेका चार सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि प्रदेशको मात्र होइन केन्द्रीय राजनीतिक तरंग पैदा गरिदिएको छ ।

कर्णालीको कम्पन गण्डकीमा परेको छ । त्यहाँका नेपाल पक्षीय सांसदले भन्न थालेका छन्, ‘मत दिने बेला विचार गरिन्छ ।’ कर्णालीमा केपी ओली पक्षकै सांसदसहित एमालेका चार जनाले फ्लोर क्रस गरेपछि अहिले विभिन्न खालका प्रतिक्रियाहरु सार्वजनिक भइरहेका छन् ।

यसै क्रममा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मूल्य–मान्यताको राजनीतिलाई कानुनी भ्रम जालले छोप्ने दुष्प्रयास नगरौं । कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन, आन्तरिक हुन्छ भन्ने नभुलौं ।’

पूर्व प्रधानमन्त्री डा. भट्टराई अगाडि लेख्छन्, ‘सत्ताभन्दा सत्य बलवान् हुन्छ भन्ने नबिर्सौं । भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं !’

You may also like

This will close in 0 seconds