कर्णालीको फ्लोर क्रसबारे झाँक्री भन्छिन्, ‘अन्याय, अत्याचार र अपमानविरुद्धको विद्रोह

by समतल अनलाइन
Shares

काठमाडौं। कर्णाली प्रदेश सभामा पार्टीको ह्वीप विपरीत एमालेका चार सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशको राजनीतिमै तरंग पैदा भएको छ ।

कर्णालीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकै एक र माधवकुमार नेपाल पक्षका तीन गरी एमालेका चार सांसदले पार्टीको निर्देशन उल्लंघन गर्दै समर्थन जनाएर माओवादी नेतृत्वको सरकार जोगाई दिएको विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन् ।

यसै क्रममा माधवकुमार नेपाल पक्षीय एमाले नेत्री रामकुमारी झाँक्री सामाजिक सञ्जालमा लेख्छिन्, ‘अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई विद्रोहको अधिकार सुरक्षित हुन्छ ।’

You may also like

This will close in 0 seconds