विष्णु घिमिरे
बुटवल। आस्था बहुउद्देश्यीय सहकारी बुटबल १३ को कार्यलय उद्घाटन गरिएको छ । सहकमरीले नयां बर्ष आगमनसंगै कार्यलय उद्घाटन र रेमिटान्स सेवा शुरु गरेको हो ।
सहकारीलाई थप व्यवस्थित गरी सहकारीका सदस्यहरुलाई सेवा दिने उद्वेश्यले कार्यलय निर्माण गर्न लागिएको सहकारीका अध्यक्ष शोभाखर पोखरेलले बताउनुभयो । कार्यलयको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले एक व्यक्ति एक सहकारी अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारीहरुले विीत्रय क्षेत्रमा गरेको लगानीले निकै महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा सहकारीहरुले लगानी बढाउनु पर्ने बताउनुभयो ।
उहांले सहकारीलाई कृषि र पर्यटनलाई व्यवसायिक रुपमा व्यापारसंग जोडेर सच्चान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार डि.आर घिमिरे, पुरुषोत्तम घिमिरे ,पुरुषोत्तम बस्याल लगायतले बोल्नु भएको थियो । सहकारीका अध्यक्ष शोभाखर पोखरेलको अध्यक्षता, सचिव वेदप्रसाद गैरेको सञ्चालन र सागमणि पोखरेलको स्वागतमा कार्यक्रम भएको थियो ।