गाउँ बस्तीका सवाललाई मिडियाले प्राथमिकताका दिनुपर्नेमा जोड

by समतल अनलाइन
Shares

भरत प्रधान
बुटवल । स्थानीय नागरिकका सवाल र मुद्धा मिडियाको बिषय बन्न नसकेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । रुपन्देहीको तिलोत्तमा– १०, शान्तीनगरमा बुधबार आयोजित टोल बिकासको सवालमा नागरिक–पत्रकार अन्तरसंवाद कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

ग्रामिण बस्ती सम्म मिडियाको पहुंच नपूगेका कारण ग्रामिण बस्तीका सवाल र मुद्धाहरु ओझेलमा परेको उनीहरुको गुनासो छ । स्थानीय नागरिकका समस्या उनीहरुका मुद्धा र आवाजलाई मिडियाले स्थान नदिएकै कारण बिकासमा समेत पछाडी परेको उनीहरुको भनाई छ । सुकुम्बासी र दलितहहरुको बाहुल्यता रहेको टोललाई जनप्रतिनिधीहरुले समेत उपेक्षा गरेको स्थानीयको गुनासो छ । गांउ टोलको समग्र बिकासमा मिडीयाको भूमिका महत्वपूर्ण हुने भन्दै सहभागीहरुले ग्रामिण बस्तीका कुरा, स्थानीयका मुद्धा, नागरिकका सवाल र किसानका कुरालाई बिशेष प्राथमिकताका साथ प्रकाशन र प्रशारण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले गांउगांउ र बस्तीबस्ती सम्म पूगेर बाटोघाटोको अवस्था, किसानका समस्या, स्वास्थ्य, शिक्षा र सुकुम्बासीका समस्या लगायतका बिषयलाई जोडतोडका साथ उठान गर्न सञ्चारकर्मीसंग आग्रह समेत गरेका छन् ।

सो अवसरमा बोल्दै सामाजिक अभियन्ता एवं अर्थशास्त्री डा.दामोदर भुषालले ग्रामिण बस्तीमा रहेका नागरिकका सवाल मिडियाको नजरमा पर्न नसकेको बताउनुभयो । बिपन्नका आवाज सरकार सम्म पू¥याउने माध्यम मिडिया भएको उल्लेख गर्दै अभियन्ता भुषालले गांउबस्तीका बिषय र किसानका कुरालाई मिडियाले बिशेष प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिनुभयो । गांउठांउका नागरिकलाई नगर सरकारले त बेवास्ता गरेकै छ, त्यसमाथी मिडियाले पनि साथ दिएको छैन– भुषालले भन्नुभयो । स्रोत र साधनको अभावमा कृषि क्रान्ती नहुने जिकीर गर्दै भुषालले सरकार स्वयं कमिसनको खेलमा लागेका कारण कृषि क्षेत्र थप संकटमा परेको आरोप समेत लगाउनुभयो । नागरिक स्वयंले चासो नदिदा र नागरिक बोले पनि सुन्ने संयन्त्र नभएका कारण पनि समाज पछाडी परेको उहांको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाख्रेलले मिडिया सधैं नागरिकको पक्षमा रहेको उल्लेख गर्दै स्थानीय समुदायका सवाल र मुद्धालाई प्राथमिकताका साथ उठान गर्ने बताउनुभयो । महासंघका उपाध्यक्ष बिश्वास ढकालले आम नागरिकका समस्यालाई मिडियाले प्राथमिकताका साथ उठान गर्ने र समाधानका लागि नैतिक दबाब समेत सिर्जना गर्ने बताउनुभयो ।

सो अवसरमा आयोजक संस्था उद्यमशिल टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टोल बिकास संस्थाको उद्धेश्य, योजना तथा कार्यक्रम र बिषयबस्तु माथी प्रकाश पार्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष सरमग बि.क. को अध्यक्ष्यता तथा सचिव शिव ढकालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष ब्यासमून थारु, वडा नं. १७ का वडा अध्यक्ष दान बहादुर चौधरी, देवदह साझेदारी बनका अध्यक्ष एकवाल खां, स्थानीय अगुवा गोपाल घिमिरे, कलम बहादुर चौधरी, बम बहादुर चौधरी, कृष्ण बहादुर श्रेष्ठ, किरण कुमार श्रेष्ठ, यादव अर्याल लगायतले आ–आफ्ना भनाई राख्नुभएको थियो ।

यसैबिच उद्यमशिल टोल विकास संस्थाले बृक्षारोपण तथा करेसाबारी सिञ्चाई कार्यक्रमको शुभारम्भ गरेको छ । सो अवसरमा सामाजिक अभियन्ता डा. दामोदर भुषाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, वडा नं. १० र १७ का वडा अध्यक्ष ले संयुक्त रुपमा बृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

देवदह साझेदारी बनले उपलब्ध गराएको आंप, लिची, बेलौती र कागती गरि पहिलो चरणको ३ सय बिरुवा शान्तीनगर टोल वरपर रोपिने संस्थाका अध्यक्ष घनसिंह पुनले बताउनुभयो ।’

संस्थाले धानखेतमा माछा पालन, मकै उत्पादन लगायतका कृषि कार्यक्रमहरु गर्दै आएको छ ।

You may also like

This will close in 0 seconds