थपिए ३३९ कोरोना संक्रमित, सक्रिय संक्रमित २२ सय

काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमित हुनेको संख्या बढ्न थालेको छ । नेपालमा आज (बुधबार) ३३९ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल दिएको जानकारी अनुसार २९८ जना पीसीआर परीक्षणका क्रममा कोरोना पोजिटिभ भेटिएका थिए भने ४१ जना एन्टिजेन विधिबाट संक्रमित पुष्टि भएका हुन् । चार हजार एक सय पीसीआर परीक्षण र एक हजार ४० एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा १६३ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । जसमा काठमाडौं १३२, ललितपुर २६ र भक्तपुरमा ५ जना रहेका छन् ।

आज देशभर सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय एक छ । देशभर ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै, गएको २४ घण्टामा ७४ जना निको भएर घर फर्किएका छन् ।

 
 
  
 

You may also like