माओवादी केन्द्रले केहि दिन सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने भएको छ ।आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक–दुई दिनभित्रै स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय लिने जानकारी दिएका छन् । उनले बैठकमा विभिन्न पार्टीहरुसँग भएको वार्ताका बारेमा ब्रिफिङ गर्ने काम भएको बताए ।

उनले अहिले पनि परिस्थिति स्पष्ट नभएको भन्दै स्थायी कमिटी सदस्यहरुले समय मागेका कारण आज कुनै निर्णय नभएको उपाध्यक्ष श्रेष्ठले बताएका छन् । आजको स्थायी कमिटी वैठकले सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ कि भन्ने धेरैको अनुमान थियो ।

 

 
 
  
 

You may also like