पश्चिमी वायुको आंशिक प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। नेपालमा स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज (बिहीबार) देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू–भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ ।

बिहीबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागका थेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like