पछिल्लो २४ घन्टामा १६२ जना कोरोना संक्रमित थपिए , ५१ जना डिस्चार्ज

by समतल अनलाइन
Shares

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६२ संक्रमित थपिएका छन् ।३ हजार ९१९ जनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक ४९३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You may also like

This will close in 0 seconds