सामुदायिक वनको डढेलो निभाउने क्रममा जलेर मृत्यु

पाल्पा। पाल्पामा जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा ६५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको छ ।

शनिबार अपरान्ह चार बजे माथागढी गाउँपालिका–४ स्थित दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंटजालीको जलेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

सिंजालीको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरीको टोली खटिएको थियो । सिंजालीको जलेर मृत्यु भएको विषयमा पाल्पा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

 
 
  
 

You may also like