गोठमै पसेर हिउँ चितुवाले ५० वटा च्याङ्ग्रा मार्‍यो

जाजरकोट । हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा ५० वटा च्याङ्ग्रा मरेका छन् ।स्थानीय डाक्वा गुरुङले पालेका ५० वटा च्याङ्ग्रा हिउँ चितुवाले गोठमै पसेर मारेको हो । उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मर्ने गरेका छन् । गोठमै पसेर हिउँ चितुवाले च्याङ्ग्रा मार्ने गरेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले जनाएको छ ।

मारिएका च्याङग्राको क्षर्तिपूर्तिका लागि पहल गरिने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । डोल्पामा सालदाङ हिउँ चितुवा संरक्षण समितिले हिउँ चितुवा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । रासस

 
 
  
 

You may also like