सरकारसँग स्पष्ट वहुमत छ, कसैसँग अनुचित सम्झौता गर्न पर्दैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकारसँग स्पष्ट वहुमत भएकाले कसैसँगै अनुचित सम्झौता गर्न आवश्यक नरहेको बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेको दुई वटै हातमा लड्डु रहेको दाव गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन कुनै पनि खालको अनुचित सम्झौता गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । सरकारलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो विश्वासको मत कायमै राखेकाले सरकार टिक्नको लागि वा टिकाउनको लागि कसैसँग अनुचित सम्झौता नगर्ने उनले बताए ।

‘अहिले हाम्रो पार्टी नेकपा एमालेको निम्ति दुईटै हातमा लड्डु छ । सरकारमा रहँदा पनि तीन वर्षसम्म सुरुवात गरेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ राष्ट्रिय अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन्, ती आयोजना पुरा गर्न सरकारलाई अवसर छ’ उनले थपे, ‘विपक्षी दलहरु मिलेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहँदा प्रमुख प्रतिपक्षी दल बनेर पुनः फेरि आगामी निर्वाचनको तयारी गर्ने अवसर आउनेछ र हामी फेरि स्पष्ट बहुमतका साथ सिंहदबारको गेटबाट प्रवेश गर्नेछौं ।’

उनले नेपाल ‘खुशी’ को सूचकांकमा दक्षिण एसियामै पहिलो नम्बरमा रहेको भन्दै यस्तै ‘गुड न्युज’ अझ धेरै रहेको दाबी गरे ।

 

 
 
  
 

You may also like