जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डेय मनोनीत

बुटवल ।गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्टको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित भएका छन् । फाउण्डेसन संचालक समितीको चैत्र ३ गतेको निर्णय बमोजिम फाउण्डेसनले लुम्बिनी प्रदेश संयोजकमा नेपाली काँग्रेस बुटवल नगर सभापति समेत रहेका पाण्डेलाइ मनाेनित गरेको हाे ।

२ बर्षको कार्यकालका लागि उनी मनाेनित भएका हुन् । यस फाउण्डेसनको विधानमा उल्लेखित लक्ष्य तथा उदेश्यहरु प्राप्ती गर्ने सम्बन्धमा तपाई र तपाईको संयोजकत्वमा रहने प्रदेश समितीका सदस्यहरु, इमान्दार तथा कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु । तपाई र तपाईको समितीको सफल कार्यकालको हार्दिक शुभकामना समेत व्यक्त गर्दछु । गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइराला द्वारा हस्ताक्षरित मनाेनयन पत्रमा उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like