सैनामैनाका किसानलाई कृषि यन्त्र वितरण

सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिकाले करिव रु. २२ लाख बरावरको कृषि यन्त्रउपकरण वितरण गरेको छ । नगरपालिकाका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा सो उपकरण नगरप्रमुख चित्र बहादुर कार्किले स्थानीय किसानहरुलाई वितरण गर्नुभयो ।
नगरपालिकाले मीनि टीलर ३१ थान, पावर टीलर १ थान, महमदानी १ थान, बेसार पिस्ने मेशिन एक थान, थ्रेसर २ थान, ड्रील मेसिन १ थान, इलेक्ट्रीक मोटर १३ थान, धान मेशिन रिपर दुई थान र पम्पसेट ८ थान वितरण गरेको थियो । सो उपकरण लिन नगरपालिका परिसरमा किसानको भीड लागेको थियो ।

सो अवसरमा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले किसानले पाएको कृषी यन्त्रउपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताउनुभयो । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवाहरुलाइ कृषि मार्फत स्वरोजगार बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिदै प्रमुख कार्कीले जग्गा लिजमा लिएर सामुहिक कृषि प्रणालीमार्फत कृषी कार्य गर्न खोज्ने युवालाइ नगरपालिकाको प्रोत्साहन स्वरुप सहयोग गरिरहेको छ भन्नुभयो ।। उहाँले कृषि उत्पादनको बजार ब्यवस्थापनलाइ नगरपालिकाले विभिन्न ठाँउमा हाटबजारको समेत ब्यवस्था गरेको बताउनुभयो ।
किसानहरुको उत्पादनमा कम लागतमा बढी आयआर्जन होस भन्ने उद्धेश्यले आधुनिक यन्त्र बितरण गरिएको ग्ल्म्ए का प्रदेश प्रमुख सुदिप अर्यालले बताए ।
नगरपालिकाको कृषि शाखाका प्रमुख सिर्जना सुवेदीले किसानका विभिन्न खेतीमा यान्त्रीकरणको प्रयोग वढदो भएको उल्लेख गर्दै किसानहरुको उत्पादन वढाउन पनि कृषी यन्त्र तथा उपकरणले सहयोग पु¥याएको बताउनुभयो ।

कृषकहरुको उत्पादनमा बृद्धि गर्न र कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउने उद्धेश्यले सैनामैनामा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको सेतो गुरास बाल बिकास का सुमित्रा शर्माले बताईन ।

आधुनिक कृषि यन्त्र उपलब्द भएसंगै स्थानिय कृषकहरु हर्षित भएका थिए । नगरपालिकाका किसानले विगत लामो समयदेखि व्यवसायिक तरकारी खेती र धान खेती परम्परागत रुपमा गर्दै आएका थिए । तर पछिल्लो समय व्यक्तीगत लगानीमा खेतमा टयाक्टरको प्रयोग हुँदा खेतीमा लागत सहभागिता महङ्गो भएको थियो ।

 
 
  
 

You may also like