थप १०७ जनामा कोरोना पुष्टि, २४ घण्टामा ५२ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ७५ हजार ६२५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १००० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ६१० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २५४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख २७ हजार ५४७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १००० जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१५ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like