प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याईरहेको चाँहि छ : प्रवक्ता शर्मा

काठमाडौं । प्रधानमन्त्री पदले नेपाली कांग्रेसको ढोका ढकढकाइरहेको भएपनि सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनिनसकेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रवक्ता शर्माले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खान मरिहत्ते नगरेको भए पनि वातावरण बने जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा रहेको पनि बताए । उनले भने, ‘प्रधानमन्त्री पदले नेपाली कांग्रेसको ढोका ढक्ढक्याएको भए पनि त्यसका लागि आवश्यक पृष्ठभूमि भने तयार भईसकेको छैन ।’

सरकारको नेतृत्व लिन कांग्रेसले आनाकानी गरेको आरोप लागिरहेका बेला प्रवक्ता शर्माले तत्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण तयार नभएको प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता शर्माले दलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले सरकारको नेतृत्व गर्न अग्रसर नभएको बताएका छन् । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने जानकारी दिए ।

 
 
  
 

You may also like