२०७७ चैत ३ गते मंगलबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिने छ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्तसँग भेटघाट र मित्रहरुबाट सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विद्या र नयाँ ज्ञान बढ्ने छ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धन प्राप्तिको सम्भावना समेत छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको थालानी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक संघसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्ने छ । परिवारिक सद्भाव बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाईने सम्भावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शंका उत्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज दाजुभाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्ने छ । कृषि कार्यबाट लाभ मिल्ने छ । आफन्तसँग भेटघाट हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like