१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा युवक पक्राउ

स्याङजा। स्याङजामा एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । हरिनास गाउँपालिका –७ अर्गली बस्ने ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

थापालाई कात्तिक १२ गते साँझ साँढे ५ बजेको समयमा बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइइरहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like