आफ्ना पार्टीका मन्त्रीहरुलाई तल्काल पद छाड्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता हुन फेरि निर्देशन दिएको छ ।

आज (आइतबार) बसेको केन्द्रीय कमिटीको बैठकले ती मन्त्रीहरुलाई सामुहिक राजीनामा दिन निर्देशन दिएको सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । आजको वैठकमा पार्टीको नाम परिवर्तनबारे पनि छलफल भएको थियो ।

नेकपा (माओवादी केन्द्र) को आजको वैठक सोमबार बिहान ११ बजे बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । आजको बैठकमा सातै प्रदेशका इञ्चार्जहरुले रिपोर्टिङ गरेका छन् ।

बैठकमा प्रदेश–१ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको प्रवक्ता श्रेष्ठले बताए ।

 
 
  
 

You may also like