146
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ । अधिकांशले रोजगारी गुमाएर आम्दानीको स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो ।
राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९–२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन् । यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो । ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गाणेशप्रसाद आचार्यले भने, ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ ।’
previous post