तिलोत्तमामा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरमा भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु  भएको छ।

शुक्रबार राती बुटवल बाट आफ्नो घर तिलोत्तमा-७ भलवारी डाडामा आउदै गरेका थमन रानाको सडकमा रहेको गोरु संग मोटरसाइकल ठोक्किएर अनियन्त्रित भै पल्टिदा मृत्यु भएको प्रहरीले जनाएको छ। लु २२ प २७७१ नम्बरको मोटरसाईकल गोरुसंग जुधी अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा एक्लै सवार तिलोत्तमा-७ भलवारी डाडा निवासी ४३ बर्षीय थमन रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। घटना के कसरी भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

 

 
 
  
 

You may also like