माधव नेपालले कि छिट्टै एमाले कब्जा गर्छन्, नभए विद्रोह : अध्यक्ष प्रचण्ड

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल समूहले कि चाँडै एमाले कब्जा गर्ने कि विद्रो गर्ने स्थिति आउन सक्ने विश्लेषण गरेका छन् ।

आज (शुक्रबार) बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल समूहले एमाले कब्जा गर्न नसके विद्रोह गर्नुपर्ने अवस्था आउने बताएका हुन् ।
उनले एमाले यही स्थितिमा रहन नसक्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ, होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’

माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर कम्युनिष्ट आन्दोलनकारी शक्ति बनाउने उनले जानकारी दिए । यद्यपि अहिले आफूहरुको जोड पार्टीलाई संगठित गर्ने र आफ्नै खुट्टामा उभिने रहेको पनि बताए । त्यसका लागि अब आफू काठमाडौंमा कम बस्ने, जिल्ला–जिल्लामा जाने उनले योजना सुनाए ।

प्रचण्डले अघि भने, ‘दुई–तीन वर्ष दुःख गर्ने हो भने एक नम्बर पार्टी बन्नसक्छ, त्यो तागत अझै हामीसँग छ ।’ संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसलासँगै एमाले र नेकपा माओवादी केन्द्र व्यूँतिएपछि अहिले दुबै आ–आफ्नै पार्टीमा छन् ।

 

 
 
  
 

You may also like