सैनामैनामा कृषि सामग्री हस्तान्तरण

सैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिकामा कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरको वडा नं. ७ देवापार स्थित बहुतल्ले कृषक समुहलाइ कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

कोभिड – १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपी र सैनामैना नगरपालिकाको आर्थिक साझेदारी तथा सेतो गुँरास बाल बिकास सेवाको समन्वयमा उक्त कृषि सामग्री बहुतल्ले कृषि गरिरहेका कृषकहरुलाइ हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

कृषि सामग्री हस्तान्तरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले पालिकाले कृषि क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको बताउँदै कृषि क्षेत्रको विकासका लागि नगर लागि परेको बताउनुभयो । कोरोनाका कारण थलिएका बेरोजगार युवा र सिथिल अर्थतन्त्रलाई माथि उठाउनका निमित्त यस परियोजना महत्वपुर्ण हुने कार्कीको भनाई छ । उहाँले प्राप्त सामग्रीले कृषकको आर्थिक उपार्जनमा थप सहयोग पु¥याउने विश्वास गर्दै कृषि औजारलाई सही रुपमा सदुपयोग गर्न आग्रह समेत गनुभयो ।

आर्थिक उत्थानका लागि परियोजना महत्वपुर्ण रहेको युएनडिपी नेपालका डेपुटी रेसिडेन्ट रेप्रिजेन्टेटिभ बर्नाडो कोक्कोको भनाइ छ ।

परियोजना अन्तर्गत ५ बिघा भन्दाबढी क्षेत्रफलमा १६ जनाको कृषक समुहले कागती, ड्रागन, आँप मेवा सँगै भित्री खेती तर्फ करेला, काँक्रा , लौका, जुखुनि, फर्सी, गोपी लगायतको तरकारी खेती गरिएको समुहका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो । उक्त ठाँउमा कृषि प्राविधिकहरुको सहयोगमा कृषकहरुलाई बिभिन्न समयमा तालिम दिदैँ बैज्ञानिक तवरले खेती गरिएको छ ।

कृषि सामग्री तर्फ १४ वटा मिनी टेलर, ५ वटा वेएडर, २ ओटा क्यासटेसन मेसिन र एउटा मिनि थ्रेसर नगर प्रमुख कार्कीले उक्त कृषक समुहलाइ हस्तान्तरण गर्नुभयो । त्यस्तै नगरप्रमुख कार्की, युएनडिपीका बर्नाडो, युएनडिपिका प्रदेश प्रमुख सुदिप अर्याल, सेतो गुँरास संस्थाका पदाधिकार लगायतले कृषि प्लटको समेत गर्नुभएको हो ।

 
 
  
 

You may also like