नेकपाका साइनबोर्ड धमाधम हटाइदै

बुटवल । सर्बोच्च अदालतको फैसला पछि नेकपाका पार्टि कार्यालयहरुमा बिभाजनको असर देखा पर्न थालेको छ ।
देशभरीमा सबैभन्दा बढी आप्mनै भवन रहेको पुर्व एमाले कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टि(नेकपा)को बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टि एमाले लेखिएका बोर्ड झुण्ड्याउन थालेका छन् ।
पार्टि एकिकरण पछि नेपाल कम्युनिष्ट पार्टि नेकपाको कार्यालयमा रुपान्तरण भएको बुटवलको सुख्खानगरमा रहेको पुष्पलाल स्मृती भवनमा एमाले कार्यकर्ताहरुले केहीबेर अघि नेकपा एमाले लेखेको बोर्ड टांगेका छन् ।
यस अघि नेकपा एमालेकाे स्वामित्वमा रहेको याे भवन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेले लुम्बिनी अन्चल पार्टी कार्यालयकाे रुपमा प्रयोग गरेकाे थियोे भने पछि प्रदेश कार्याल बनाईएकाे थियोे ।

 
 
  
 

You may also like