आफ्नै १३ वर्षीया छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएका बुबा पक्राउ

नवलपरासी। पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३८ वर्षीय बुबाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । छोरीलाई बलात्कार गरेको घटना गाउँभर फैलिन थालेपछि उनी तीन महिनाअघि भारततिर भागेका । तीन महिनापछि घर फर्किएका उनलाई गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाए लगत्तै उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिकाले आफ्नै बुवाले विगत पाँच वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् । पीडित बालिकालाई बिहीबार नै स्वास्थ्य परीक्षणको लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाउने तयारी भइरहेको छ ।

 

 
 
  
 

You may also like