तिलोत्तमा । ६ महिना अघि आफ्नै नया प्रसासनिक भवनबाट सेवा प्रबाह शुरुवात गरेको तिलोत्तमा नगरपालिकाले सो प्रशासनिक भवनको कुञ्जलापुरमा औपचारिक उद्घाटन गर्ने भएको छ। अहिले सबै सेवा प्रबाह नयाँ भवनको औपचारिक उदघाटन फागुन २० गते नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारि दिएका छन्।
उद्घाटनका लागि प्रवेश गेट देखि पुरा भवन सबै सिङ्गारिएको छ भने औपचारिक कार्यक्रम हुने स्थानमा स्टेज र टेन्टको काम सकिएको छ। उद्घाटनको सबै तयारि पुरा भएकोले अहिले तिलोत्तमा नगरपालिकाको गार्डेनिङ्ग बाहेक का सबै दृश्य हेर्न लायक रहेका छन्। नगरपालिकाले आफ्नै बोरिङ्ग निर्माण गरि पानीको समेत ब्यबस्था गरेको छ। विभिन्न शाखा र त्यस आगाडी सेवा ग्राही हरुलाई सहज हुने गरि नेम बोर्ड टासिएको र सबै कक्षमा कोठा नम्बर अनुसारको सेवा प्रवाहको काम जनाइएको छ।
तिलोत्तमा नगरपालिकाको नया बनेको चारतलेआधुनिक भवनमा लिफ्टको पनि ब्यबस्था छ। आधुनिक शैलीमा निर्माण गरिएको भवन बालबालिकामैत्री, अपाङ्ग मैत्री, बृद्दबृद्धामैत्री रहेको र सेवाग्राहीलाई सेवा लिन सहज हुने नगर प्रबक्ता सुरेन्द्र श्रीको भनाइ छ। हाल नगरपालिकाको बिभिन्न बिषयगत शाखाका सेवाहरु एकै भवनबाट प्रवाह भैरहेको छ। भवनमा लिफ्टको व्यवस्था, सभाकक्ष, बैठक कक्ष, न्यायसम्पादन कक्ष, स्तनपान कक्ष लगायत पर्याप्त सुबिधा रहेको छ । नगरपालिकाले शुरुमा व्यक्तिगत भवनबाट आफ्नो यात्रा शुरु गरेसंगै यसअघि सानाकिसान कृषि सहकारी सस्था मणिग्रामको भवन कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो ।
नगरपालिकाले करिव ३० कोठा रहेको ८ करोड बढी लगानीमा ४ तलाको आफ्नो भवन निर्माण गरेको हो । कार्यालय परिसरमा गार्डेनिङ तथा अन्य व्यवस्थापनका कामहरु तिब्र गतिमा भैरहेको छ । स्थानीय सरकार गठन भएको ३ वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा सुभारम्भ गरेको हो ।
करिब ८ करोड लगानीमा सिनर्जि विल्डर्सले भवन बनाएको हो । गत असार मसान्तभित्र सक्नु पर्ने काम भाद्र अन्तिम सम्म सकाएको थियो भने सो कार्य विश्वव्यापी कोरोना महामारीका कारण ढिला भएको नगरपालिकाले बताएको छ । करिव २ कट्ठा क्षेत्रफलमा नगरपालिकाको कार्यालय बनेको छ भने बाँकी रहेका ६ विगाहलाईसमेत समेटेर ब्यबस्थित पर्खाल गर्ने काम भएको नगरपालिकाका इन्जिनियर गिरीराज डुम्रेले बताए । ६ विगाह मध्य ३ विगाहमा नगरपालिकाका लागि तत्काल आवश्यक संरचनाहरु निर्माण गरिने छन् भने बाँकी ३ विगाहमा मौसम अनुसारका धान गहु मकै खेती गरिएको छ । साथै सोहि उद्घाटनको दिन कार्यपालिकाबाट हुने सबै खाले सेवा प्रबाह स्थगित गरिएको नगरपालिकाका प्रमुख प्रसाशाकिय अधिकृत प्रदिप पौडेलले बताउनुभयो। नगरकार्यपालिका, वडा कार्यालय , बिषयगत शाखाहरु, सो सेवा प्रवाह स्थगित हुदा आफ्ना नगरबासी प्रति हुने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी रहेको सो सुचनामा उल्लेख गरिएको छ।