देव गुरुङलाई मैले नै मुख्य सचेतक बनाएको हो, हटाई दिएँ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले देवप्रसाद गुरुङलाई नेकपा संसदीय दलको प्रमुख सचेतक आफूले नै बनाएको दावी गर्दै आफैले हटाएको बताएका छन् ।

आज (सोमबार) पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बनाउनेलाई हटाउने अधिकार हुने जिकिर गरे ।

‘देव गुरुङलाई मुख्य सचेतक मैले बनाएको हो, बनाउनेलाई हटाउने अधिकार पनि हुन्छ । त्यसैले हटाई दिएँ’, प्रधानमन्त्री ओलीले भने ।

 
 
  
 

You may also like