ममाथि शारीरिक हमला भयो भने पनि अनौंठो नमान्नू : प्रधानमन्त्री

by समतल अनलाइन
Shares

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् ।आज (सोमबार) पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने भन्दै भने, ‘अन्यथा नमान्नु होला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नु होला ।

तर त्यस्तो हुँदैन’, प्रधानमन्त्री ओलीले थपे, ‘म रहिनँ भने पनि अन्यथा नमान्नु होला, पार्टी छ, विचार छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनु हुँदैन ।’

 

You may also like

This will close in 0 seconds