काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापनाको फैसला सुनाएर स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचो बनाएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याई दिएको हो । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेको हो । फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश समेत दिइएको छ ।
उक्त निर्णय उपर टिप्पणी गर्दै भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उँचो गरेको छ । मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मान प्राप्त गरेको छ । सम्माननीय प्रधानन्यायधिश र माननीय न्यायधिश ज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।’