विप्लव नेता धर्मेन्द्र बास्तोलालाई सर्वोच्चले छोड्ने आदेश दिए पनि प्रहरीले फेरि पक्रियाे

by समतल अनलाइन

काठमाडौं। सर्वोच्च अदालतले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गरेको छ ।

सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेका बेला सोमबार बास्तोलालाई तत्काल हिरासतमुक्त गर्न अदालतले आदेश दिएको थियो । तर रिहाइको आदेश दिएको केहीबेरमै प्रहरीले फेरि बास्तोलालाई पक्राउ गरेको हो।

सोमबार न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानुनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । महानगरीय प्रहरी वृत्त सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

यसअघि अदालतले छाड्न आदेश दिए पनि उनलाई पुनः पक्राउ गरिएको थियो । सहज वातावरण बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।

 

 
 
  
 

You may also like