मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस, अर्को बैठक फागुन २० गते बस्ने

by समतल अनलाइन
Shares

विराटनगर। प्रदेश–१ सभाको आज (आइतबार) बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–नेपाल पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् ।

अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् । आङ्वोले अविश्वास प्रस्ताव पेश गरे लगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।

You may also like