विराटनगरमा आज ओली समूहको आमसभा, अस्पताल छेउमा मञ्च, मान्छे ओसार्न १५ सय बस

by समतल अनलाइन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज (शनिबार) मोरङको विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रधानमन्त्री ओलीलगायतका नेता आज प्रदेशस्तरीय आमसभा सम्बोधन गर्न विराटनगर जाँदैछन् ।

विराटनगरमा आज दिउँसो हुने आमसभालाई सम्बोधन गर्न ११ बजे प्रधानमन्त्री ओलीसहित शीर्ष नेताको टोली काठमाडौंबाट प्रदेश–१ को राजधानी विराटनगर जाने भएको हो । नेकपा ओली समूहका एक नेताका अनुसार प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायत नेता सभामा सहभागी हुँदै छन् ।

विराट नर्सिङ होमको पूर्व मैदानमा आयोजना गरिने आमसभामा २ लाखभन्दा बढी जनसहभागिता जुटाइने ओली समूहको दाबी छ । सभामा उपस्थित हुने कार्यकर्ताका लागि विभिन्न स्थानबाट एक हजार पाँच सय सार्वजनिक बसको व्यवस्था गरिएको जनाइएको । समर्थक तथा कार्यकर्ता निजी सवारी र मोटरसाइकलमा पनि आउने ढकालको भनाइ छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा दुई समूहमा विभाजन भएको छ । जसमध्ये प्रचण्ड–नेपाल समूह ओलीको कदम असंवैधानिक ठहर गर्दै चरणबद्ध आन्दोलनमा छ । सत्तापक्ष ओली समूह पनि आफ्नो कदमको प्रतिरक्षाका लागि सँगसँगै सभा गर्दै हिँडेको छ । यसै क्रममा यसअघि प्रचण्ड–नेपाल समूहले सभा गरिसकेको विराटनगरमा ओली समूहले आज गर्न लागेको हो ।

 
 
  
 

You may also like