जातीय विभेद गर्ने घरबेटीविरुद्ध प्रहरीमा उजुरी

by समतल अनलाइन

काठमाडौं। दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने काठमाडौंको धापासी हाइट घर भएका माधवराज भुसालविरुद्ध करुणा विश्वकर्माले प्रहरीमा जाहेरी दिएकी छिन् । जातीय छुवाछुत तथा भेदभाव ऐनअन्तर्गत उनले बिहीबार महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी हुन् ।

३ फागुनमा हजार रुपैयाँ एडभान्स लिइसकेकी घरधनी भुसालकी पत्नीले करुणा ‘विश्वकर्मा’ भएको थाहा पाएपछि फ्ल्याट दिन अस्वीकार गरेकी थिइन् । ‘प्रहरीमा जाहेरी दिएकी छु । अब कानुनी प्रक्रिया अगाडि बढ्छ । मसँग गरिएको जातीय विभेदको सजाय उहाँहरूले पाउनैपर्छ,’ करुणाले भनिन् ।

घरधनी भुसालले भने करुणालाई जात र थरबारे केही नसोधिएको दाबी गरे । ‘२ फागुनको दिउँसो १२ बजे एक जना अपरिचित महिलाले हामीलाई फ्ल्याट खाली छ भनेर सोधेकी थिइन्, तर हामीले तत्कालै नदिने बताएका हौँ,’ उनले भने । तर, करुणाले भने भुसालले आफ्नो आत्मसम्मानमा चोट पुर्‍याएकाले अदालतसम्मै पुग्ने बताइन् । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like