दोस्रो विहे गरी भित्र्याएको श्रीमतीको मध्यराति खुकुरी प्रहार गरी विभत्स हत्या

by समतल अनलाइन

दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङमा गए राति श्रीमानले श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेका छन् । लापिलाङको आग्रालय नजिकै थारुदेसे भन्ने बस्तीका २७ वर्षीय हिमाल थामीले २२ वर्षीया श्रीमती सुनिता थामीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

राति २ः३० बजेतिर घटनाबारे जानकारी आएको र तत्कालै घटनास्थल पुग्दा श्रीमान हिमाल भने फरार भइसकेका पाइएको कालिञ्चोक गाउँपालिका–६ का वडाअध्यक्ष मानसिंह थामीले जानकारी दिएका छन् ।

अध्यक्ष थामीले के कारणले हत्या गरे भन्ने खुलिनसकेको बताएका छन् । मृत अवस्थामा रहेकी सुनिताको शरिरका विभिन्न भागसँगै टाउकोमा छियाछिया हुने गरी खुकुरीको प्रहार गरिएको छ ।
फरार हिमाललाई डिएसपी रिजाल खटिएकै टोलीले कालिञ्चोक गाउँपालिका ७ सिसागोलाई नजिकैको क्षेत्रबाट पक्राउ गरेको छ ।

प्रहरी प्रमुख रिजालले आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको जनाउँदै घटनाबारे थप अनुसन्धान गर्न आफै घटनास्थलतर्फ गइरहेको बताएका छन् ।

रिजालका अनुसार यसअघि पनि आरोपित हिमाल थामीकी पहिलो श्रीमती झुण्डिएर आत्महत्या गरेकोे र त्यसलगत्तै दोस्रो विवाह गरेर भित्राइएकी सुनितालाई त्यसरी हत्या गर्नुमा केही रहस्य हुन सक्ने भएकोले गहिरो अनुसन्धान आवश्यक छ । पक्राउ परेका थामीलाई सदरमुकाम चरिकोट लगिएको छ ।

 
 
  
 

You may also like