अझै पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं। नेपालमा अझै पश्चिमी वायुको प्रभाव रहेका कारण मौसम बदलीकै अवस्था रहेको मौसमविदले बताएका छन् ।

आज (शनिबार) देशभर मौसम सामान्य बदली भइ बाँकी स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भएर छिटफुट वर्षा र हल्का हिमपात हुने र बाँकी भागको मौसम सफा रहनेछ ।

काठमाडौंमा पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज (शनिबार) बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
शनिबार (आज)
दिउँसो – प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति –प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार
दिउँसो – देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।
राति – देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।

सोमबार
दिउँसो – देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

राति – देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन सम्बन्धित सबैमा अनुरोध छ ।

 

 
 
  
 

You may also like