म्यान्मारमा सैनिक ‘कू’ को विरोधका क्रममा घाइते युवतीको निधन

by समतल अनलाइन

काठमाडौँ । म्यान्मारमा सैनिक ‘कू’ को विरुद्धमा प्रदर्शनका क्रममा घाइते भएकी २० बर्षिय युवतीको निधन भएको छ । समाचार एजेन्सीहरुका अनुसार २० बर्षिय युवती मया त्वे त्वे काइंगको उपचारको क्रममा मृत्यु भएको हो ।

उनी अघिल्लो साता विरोध प्रदर्शनका क्रममा घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा, रबरको गोली र असली गोली चलाएर तितरबितर पार्ने जोशिश गरेको थियो ।

ति युवतीलाई असली गोली लागेको दाबि गरिएको छ । मानवाधिकार समुहहरुले युवतीको शरीरमा रहेको घाउ असली गोलीको भएको बताएका छन् ।

युवती काइंगको मृत्यु नेपीडावको एक अस्पतालमा भएको बताइएको छ । उनको अन्तिम संस्कार आइतबार गरिने बताइएको छ । एएफपीले डाक्टरलाई उदृत गर्दै ९ फेब्रुअरीमा काइंगलाई अस्पताल ल्याएसँगै उनी लाइफ सपोर्ट सिस्टममा रहेकी थिइन् । युवतीका परिवार आङ साङ सुकीको पार्टी नेशनल लीग फर डेमोक्रेसीका समर्थक रहेको बताइएको छ ।

 

 
 
  
 

You may also like