स्कुल बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा स्कुल बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–११ स्थित कुमारी चोकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो ।

बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ति नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर दिएको थियो । घाइते थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

 

 
 
  
 

You may also like